आर्यनालाइ म्याड्रिड ओपन टेनिसको उपाधि

बेलारूसकी टेनिस खेलाडी आर्यना सबलेन्काले म्याड्रिड ओपन टेनिसको उपाधि जितेकी छिन् ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा अस्ट्रेलियाकी विश्व नम्बर एक टेनिस स्टार एश्ले बार्टीलाई हराउँदै आर्यनाले उपाधि जितेकी हुन् ।

आर्यानाले बार्टीलाई ६-०, ३-६ र ६-४ को सेटमा पाखा लगाएकी हुन् । आर्यानाले यसअघि यसै सिजन सम्पन्न १० ओटा क्ले कोर्ट म्याच मध्ये ९ खेलमा जित हात पारी सकेकि छिन् ।

क्ले कोर्टमा लगातार १६ जित हात पारेकी ३० बर्षीय बार्टीले २०१९ फ्रेन्च ओपनको उपाधि जिते पछी पहिलो पटक क्ले कोर्टमा फर्किएकी थिइन् ।

उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनसम्मको यात्रा तय गरेकी बार्टी उपाधि जित्नबाट भने बञ्चित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :