भेरेभलाइ मड्रिड ओपन टेनिसको उपाधि

एलेक्जेन्डर भेरेभले स्पेनमा सम्पन्न मड्रिड ओपन टेनिसको उपाधि जितेका छन् ।

सोमबार बिहान सम्पन्न मड्रिड ओपनको फाइनल खेलमा भेरेभले माट्टियो बेर्रेट्टेनीलाइ हराउँदै दोश्रोपटक उपाधि जितेका हुन् ।

पहिलो सेटमा ६–७ (८–१०) ले हार खेपेको भेरेभले त्यसपछि भएको दुईवटा सेटमा पुनरागमन गर्दै उपाधि आफ्नो नाममा गरेका हुन् ।

विश्व नम्बर ६ भेरेभले विश्व नम्बर १० माट्टियामाथि ६–७ (८–१०),६–४ र ६–३ को सेटमा जित निकालेका थिए ।

२४ वर्षिय भेरेभले उपाधि जित्ने क्रममा प्रतियोगितमा रफायल नडाल र डोमिनिक थिम जस्त खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

माट्टियोले तेश्रो सेटमा एउटा म्याच पोइन्ट आफ्नो पक्षमा पारेपनि भेरेभले खेललाई पुनः आफ्नो पकडमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :