बार्सिलोना विश्वको चौथो मूल्यवान क्लब, शिर्ष स्थानमा अमेरिकाको रग्बी क्लब डलास काउबोइज

स्पेनिस ला लिगाका फुटबल क्लब बार्सिलोना विश्वका सबैभन्दा मूल्यवान खेलकुद क्लबको चौथो स्थानमा रहन सफल भएको छ ।

अमेरिकाको प्रशिद्ध म्यागजिन फोर्ब्सले सार्बजनिक गरेको २०२१ का सबै भन्दा मूल्यवान ५० खेलकुद टोलीको सुचिमा बार्सिलोना चौथो स्थानमा आएको हो । बार्सिलोना ४ दशमलव ७६ बिलियन अमेरिकी डलर नेटवोर्थ सहित विश्वका सबैभन्दा मूल्यवान खेलकुद टोलीको चौथो स्थानमा रहन सफल भएको हो ।

फोर्ब्सले प्रकाशित भएको सूचिमा अमेरिकाको रग्बी लिग (एनएफएल) क्लब डलास काउबोइज ५ दशमलब ७ बिलियन अमेरिकी डलर नेटवोर्थ सहित शिर्ष स्थानमा रहेको छ ।

यस्तै अमेरिकाको मेजर लिग बेसबल क्लब न्यु योर्क यान्कीज ५ दशमलव २५ बिलियन अमेरिकी डलर नेटवोर्थ सहित दोस्रो, अमेरिकाको नेश्नल बास्केटबल एसोसिएसन क्लब न्यु योर्क निक्स ५ बिलियन नेटवोर्थ अमेरिकी डलर सहित तेस्रो, बार्सिलोना चौथौ र ला लिगाका फुटबल क्लब रियल म्याड्रिड ४ दशमलव ७५ बिलियन अमेरिकी डलर नेटवोर्थ सहित पाँचौ स्थानमा रहेको छ ।

फोर्ब्सले ४ खेलहरु रग्बीका २६ क्लब, फुटबल र बास्केटबलका समामन ९–९ र बेसबलका ६ टिम गरी ५० क्लबहरुलाई मूल्यवान ५० क्लबहरुको सुचिमा सुचिक्रित गरेको हो ।

कोरोना माहामरीका कारण प्रतियागिताहरु आंसिकरुपमा मात्र आयोजना भएका र बिनादर्शक आयोजना भएपनी क्लबहरुले गत बर्ष भन्दा औसतमा ११ प्रतिसत बढी कमाई गरेको फोर्ब्सले जनाएको छ । क्लबहरुले महामारीका दैरान मिडिया अधिकार बिक्रि र प्रायोजनबाट यो कमाई गरेका हुन् ।

शीर्ष १० विश्वकै सबैभन्दा मूल्यवान क्लबहरु

१. डलास काउबोईज (एएफएल) अमेरिका ५.७ बिलियन अमेरिकी डलर

२. न्यूयोर्क यान्कीज (एमएफएल) अमेरिका ५.२५ बिलियन अमेरिकी डलर

३. न्यूयोर्क निक्स (एनबिए) अमेरिका ५ बिलियन अमेरिकी डलर

४. बार्सिलोना (फुटबल) स्पेन ४.७६ बिलियन अमेरिकी डलर

५. रियल म्याड्रिड (फुटबल) स्पेन ४.७५ बिलियन अमेरिकी डलर

६. गोल्डन स्टेट वारियर्स (एनबीए) अमेरिका ४.७ बिलियन अमेरिकी डलर

७. लस एन्जलस लेकर्स (एनबीए) अमेरिका ४.६ बिलियन अमेरिकी डलर

८. न्यु इङ्गल्याण्ड प्याट्रियट्स (एनएफएल) रग्बी इङ्गल्याण्ड ४.४ बिलियन अमेरिकी डलर

९.न्यूयोर्क जियान्ट्स (एनएफएल) अमेरिका ४.३ बिलियन अमेरिकी डलर

१०. बार्यन म्युनिक (फुटबल) जर्मनी ४.२१ बिलियन अमेरिकी डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :