बंगलादेशविरुद्धको एकदिवसिय सिरिजका लागी श्रीलंका टोलि घोषणा, कुशल परेरालाई नयाँ कप्तान नियुक्त

श्रीलंका क्रिकेट बोर्डले बंगलादेशविरुद्धको एकदिवसिय सिरिजका लागी १८ सदस्य टोलि घोषणा गरेको छ ।

बोर्डले मंगलबार टोलि घोषणा गरेको हो । यस पटक बोर्डले टीमको कप्तान र उपकप्तान समेत परिवर्तन गरेको छ ।

दिमुथ करुणारत्नेलाई कप्तानको जिममेवारीबाट हटाएर कुशल परेरालाई नयाँ कप्तान नियुक्त गरिएको छ । यस्तै उपकप्तानको जिममेवारी कुशल मेन्डिसलाई दिईएको छ ।

बंगलादेशविरुद्धको एकदिवसिय सिरिजका लागी दिनेश चन्डिमल, एन्जेलो म्याथ्यूज, लाहिरु थिरिमानेलगायत अनुभवी खेलाडी टिममा अटाएका छैनन् । यस्तै चमि करुणारत्ने शिरान फर्नान्डो, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो जस्ता नयाँ अनुहारले टिममा स्थान बनाएका छन् ।

दनुष्का गुनाथिलाका, धनन्जय डी सिल्वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगाले भने टिममा स्थान बनाउन सकेका छन् ।

श्रीलंका टिमले बंगलादेशसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । बंगलादेशमा आयोजना हुने सिरिजको पहिलो खेल २३ मे तथा दोस्रो र तेस्रो खेलहरु क्रमस २५ र २८ मेमा हुँदैछ ।

श्रीलंकाको घोषित वानडे टिम ः कुसल परेरा (कप्तान), कुसल मेन्डिस (विकेटकीपर), दनुष्का गुनाथिलाका, पथम निसंका, धनन्जय डी सिल्वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, दुश्मम्थ चमीरा, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगा, चमिका करुणारत्ने, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो र शिरान फर्नान्डो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :