न्युजिल्याण्डका वाट्लिङ्गले क्रिकेटबाट सन्यास लिने

न्युजिल्याण्डका विकेटकिपर ब्यनट्सम्यान बिजे वाट्लिङ्गले खेलाडी जिवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

३५ वर्षिय वाट्लिङ्गले आगामी इङ्गल्याण्ड भ्रमण र त्यसपछि भरतबिरुद्ध हुने विश्व टेष्ट च्याम्पिनयसिपको फाइनल खेल लगतै सन्यास लिने उद्घोष गरेका हुन् ।

इङ्गल्याण्ड भ्रमणको क्रममा न्युजिल्याण्डले दुइवटा टेष्ट खेल्नेछ भने भारतसँग टेष्ट च्याम्पियनसिपको फाइनल खेल खेल्नेछ ।

यदि यी दुबै खेलका लागि वाट्लिङ्ग न्युजिल्याण्ड टिममा परेमा न्युजिल्याण्डका पूर्व क्रिकेटर एडम परोरेको विकेटकिपरको रुपमा बढी खेल खेल्ने किर्तिमान भंग गर्नेछन् ।

वाट्लिङ्गले न्युजिल्याण्डको विकेटकिपरको रुपमा २३९ क्याच र ८ वटा स्टम्पिङ्ग गरेका छन् । उनले यसबाहेक फिल्डरको रुपमा १० विकेट समेत लिएका छन् ।

उनले २०१९ मा इङ्गल्याण्डबिरुद्ध भएको टेष्टमा दोहोरो शतक (२०५) समेत बनाएका थिए ।

उनले आफ्नो टेष्ट करियरमा ७३ खेल खेल्दै ३७७३ रन बनाएका छन् जसमा उनको ८ शतक र १९ अर्धशतक सामेल छन् ।

उनले न्युजिल्याण्डका लागि २८ एकदिवसीय तथा ५ टि २० खेल समेत खेलेका छन् ।

यो पनि पढ्नुहोस् : म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :