परेराको कप्तानीमा श्रीलंकाली टोलिको घोषणा

कुशल परेराको कप्तानीमा श्रीलंका क्रिकेट बोर्डले बंगलादेशबिरुद्धको एकदिवसीय श्रृंखलाको लागि टोलीको नामावली सार्वजनिक गरेको छ ।

बोर्डले बुधबार बंगलादेशबिरुद्ध खेल्ने १८ सदस्यीय श्रीलंकाली एकदिवसीय टोलिको घोषणा गरेको हो । परेराको कप्तानीमा घोषित टोलीको उपकप्तानमा कुशल मेन्डिस रहेका छन् ।

३० वर्षिय परेरालाई बोर्डले डिमुथ करुनारत्नेको स्थानमा कप्तानको भुमिका दिने निर्णय गरेको हो । करुनारत्नेले यसअघि वेस्टइण्डिजबिरुद्ध भएको एकदिवसीय श्रृंखलामा कप्तानी गरेका थिए ।

उक्त श्रृंखला श्रीलंकाले ३–० ले गुमाएको थियो । यसपटक सिनियर खेलाडीहरु दिनेश चण्डीमल,एन्जेलो म्याथ्युज र लाहिरु थिरिमान्ने टोलिमा अटाएका छैंनन् ।

करुनारत्नेले २०१९ को विश्वकप अघि कप्तानीको जिम्मेवारी पाएका थिए र श्रीलंकाले छैठौ स्थानमा विश्वकपको यात्रा टुङ्गयाएको थियो । उनको कप्तानीमा श्रीलंकाले बंगलादेश र वेस्इण्डिबिरुद्धको घरेलु श्रृंखलामा जित निकालेको थियो ।

तर पाकिस्तान र वेस्टइण्डिजबिरुद्ध नै भएको अर्काे श्रृंखलामा २–० र ३–० को क्लिनस्विप नतिजा सुम्पेको थियो ।

बुधबार सार्वजनिक टोलिमा चामिका करुनारत्ने र शिरान फर्नान्डोले पहिलोपटक श्रीलंकाली टोलिमा स्थान बनाएका छन् । यस्तै श्रीलंकाबाट टी २० खेलेका बिनुरा फर्नानडोले पहिलोपटक एकदिवसीय टोलिमा स्थान पाएका छन् ।

यसबाहेह इसुरु उडाना र धनन्जय डिसिल्भा पुनः टोलिमा फर्किएका छन् ।

तीन एकदिवसीय खेलको श्रृंखलाका लागि श्रीलंकाको टोलि मे १६ मा बंगलादेशतर्फ जानेछ । मे २३ बाट शुरु हुने श्रृंखलाका सबै खेल राजधानी ढाकामा हुनेछ ।

श्रीलंकाली एकदिवसीय टोलिको नामावलीसहितको तस्विर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :