कोरोनाका कारण भारतिय पूर्व क्रिकेटर आरपी सिंहका पिताको निधन

कोरोना भाईरसको संक्रमणका कारण भारतिय पूर्व क्रिकेटर रुद्रप्रताप सिंह (आरपी सिंह) का पिताको निधन भएको छ ।

केही दिन अघी कोरोना संम्रमित भएपछी आरपी सिंहका बुबा शिवप्रसाद सिंहलाई लखनऊको मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतामै देहान्त भएको हो ।

आरपी सिंहले ट्विट गर्दै आफुलाई पितृशोख परेको जनाएका हुन् ।

भारतमा दोस्रो लहरको कोरोनाका कारण दैनिक रुपमा हजारौ मानिसहरुले ज्यान गुमाई रहेका छन् । नयाँ भेरियन्ट सहितको डबल म्युटेन्ट कोरोना भाईसर दैनिक रुपमा तिब्र गतिमा फैलदा अस्पतालहरुमा बेड र अक्सिजनको ब्यापक कमी भई रहेको छ ।

यता नेपालमा पनी कोरोनाको दोस्रो लहरका कारण दैनिक ८ देखी १० हजार संक्रमित थपिरहेका छन् भने अस्पतालहरुमा बेड र अक्सिजनको ब्यापक कमी भई रहेको छ ।

यस अभी भारतिय क्रिकेटर चेतन सकारीया र पिउस चाउलालाई पनी कोरोनाकै कारण पितृशोख परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :