ललितपुर सिटी र बुटवल लुम्बिनीबिचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौंमा जारी नेपालको पहिलो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो इलिमिनेटर अन्तर्गत बुधबार आज ललितपुर सिटी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदाँ दुबै टिमले गोल रहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टिमले केही राम्रा अवसरहरु बनाएपनी गोलमा परिणत गर्न सकेनन् ।

दुबै टिम आजको खेल जित्दै दोस्रो क्वालीफयरमा स्थान बनाउने छन् । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

मंगलबार भएको पहिलो प्ले अफ खेलमा काठमाडौंलाई पराजित गर्दै धनगढी फाइनल पुग्ने पहिलो क्लब बनिसकेको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा धनगढीले काठमाडौंलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

आजेको खेलको विजेता र काठमामाडौं बीचका दोस्रो क्वालीफयर खेल भोली हुनेछ । सो खेलको विजेताले फाइनल उपाधि भिडन्तमा धनगढीसँ प्रतिस्पार्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :