रियल मड्रिड, बार्सिलोना र युभेन्टसविरुद्ध कानूनी उपचार शुरु

यूरोपियन फुटबल महासंघ (युईएफए) ले सुपर लिगका संस्थापक क्लबहरु रियल मड्रिड, बार्सिलोना र युभेन्टसविरुद्ध कानूनी उपचार शुरु गरेको छ ।

येुईएफएले प्रतियोतिमलाई मान्यता नदिने तथा अटेर गरे प्रतिबन्ध लगाउने बताए पनी रियल मड्रिड, बार्सिलोना र युभेन्टसले येुईएफएको चेतावनिलाई बेवास्था गर्दै प्रतियोगिताको पक्षमा ओकालत गर्न थालेपछी येुईएफएले कानूनी उपचार शुरु गरेको हो ।

यस अघी येुईएफएको चेतावनिलाई आत्मासाथ गर्दै यूरोपियन सुपर लिगका संस्थापक क्लवका रुपमा रहेका सुरुवातमा १२ वटा क्लव मध्य नौ क्लवले नाम फिर्ता लिइसकेका थिए ।

बाँकी तीन क्लव रियल, बार्सिलोना र युभेन्टसले भने अझै कुनै प्रतिक्रिया देखाएका छैनन् । जसका कारण उनीहरुविरुद्ध यूइएफएले कानुनी उपचारको प्रक्रिया सुरु गरेको छ ।

तीनै क्लवले महासंघको नियम उलंघन गरेको विषयमा अध्ययन गर्नकालागि अनुशासन समितीलाई जिम्मा दिएको छ । यो विषयमा सो समितीले चाँडै निचोड निकाल्ने बताइएको छ ।

गत साता यूइएफएले तीनै क्लवविरुद्ध उचित कदम चाल्ने बताएको थियो । साथै उसले दुई बर्ष च्याम्पियनस लिग खेल्न नपाउनेसम्मको धम्की दिएको थियो । यता तीनै क्लवले आफुहरुलाई दबाव र धम्की आइरहेको बताएको थियो ।

गत अप्रिल १८ मा १२ वटा क्लवले संयुक्त रुपमा सुपर लिगको घोषणा गरेका थिए । जसका कारण ४८ घण्टासम्म यसको ठूलो चर्चा भएको थियो । तर त्यसपछि प्रिमियर लिगका ६ क्लवसहित नौ टिमले नाम फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :