भान डायकले यूरोकप नखेल्ने


लिभरपुल तथा नेदरलयान्ड्सका डिफेण्डर भिरगिल भान डायक आसन्न यूरोकप २०२० नखेल्ने भएका छन् । उनले चोटका कारण यूरोकपबाट नाम फिर्ता लिएका छन् ।

२९ बर्षीय भान डायकको गत अक्टोबरमा घुँडाको शेल्यक्रिया गरिएको थियो । गत अक्टोबरमा एभर्टनसँगको खेलका बेला जोर्डन पिकफोर्डसँग अल्झिदा उनको घुँडाको लिगामेन्ट गएको थियो ।

अघिल्लो बर्ष चोटका कारण मैदान बाहिर रहेका भान डायकले आफ्नो चोटलाई पुर्ण रुपमा ठिक पार्नका लागि यूरोकप नखेल्ने निर्णय गरेका छन् ।

नेदरल्याण्डका कप्तान भान डायकले भने,’ मैले शारीरिक रुपमा युरो नखेल्ने निर्णय गरेको छु र यो नै तल्कालका लागी सबै भन्दा उत्तम निर्णय हो । यो केही कठिन छ तर म यससँग घुलमेल हुने छु ’ ।

कोरोना माहामरीका कारण १ बर्ष सम्म स्थगित यूरोकप ११ जून दिखी जुलाई ११ बिच आयोजना हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :