ओसाका इटालियन ओपनबाट बाहिर

विश्व नम्बर दुई नाओमी ओसाका इटालियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।

बुधबार रोममा सम्पन्न प्रतियोगितामा जेसिका पेगुलासँग पराजित भएपछी नाओमी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

क्ले कोर्टमा सधै संघर्ष गर्ने जापानी स्टार ओसाकालाई विश्व नम्बर ३१ ३१ अमेरिकाकी जेसिका पेगुलाले ७–६(७–२) र ६–२ को सेटमा पराजित गरिन् ।

पहिलो चरणमा बाई पाएकी २३ बर्षीय ओसाका क्ले कोर्टमा संघर्षत रहिन र नकारात्मक बोडी ल्यागोईज कोर्टमा रहदा विश्वस्त पेगुलाकोविरूद्ध असाहय बनिन् ।

यसै महिनामा लगातार दुई खेल गुमाउदा ओसाकाको फ्रेन्च ओपनको तयारीमा केही बाधा पुगेको छ । फ्रेन्च ओपन सुरू हुन अढाई हप्ता बाँकी छ ।

ओसाका यस महिनाको शुरुबातमा म्याड्रिड ओपनको दोस्रो चरणबाट बाहिरिएकी थिईन् ।

यस्तै अर्का तर्फ सेरेना विलियम्सले उनको क्यारियरको १ हजार औं खेलमा बुधबारनै अर्जेन्टिनाकी नाडिया पोडोरोस्काको सामना गर्दै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :