एनएसएल एलिमिनेटर: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । काठमाठौंमा जारी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को फाईनल प्रवेशका लागि आज आठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशर रंगशालामा हुने काठमाडौं र ललितपुरबीचको खेल साँझ ५:३० बजबोट शुरु हुनेछ । पहिलो प्ले अफ खेलमा धनगढी एफसीसँग पराजित काठमाडौंले फाइनल प्रवेशका लागि दोस्रो प्ले अफ खेलको विजेता ललितपुर सिटी एफसीसँ आज एलिमिनेटर खेल खेल्न लागेको हो ।

ललितपुरले बुधबार भएको दोस्रो प्ले अफ खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइलन प्रवेशका लागि एलिमिनेटर खेलमा काठमाडौंसँगको भेट पक्का गरेको थियो ।

यस्तै काठमाडौं भने मंगरबार भएको पहिलो प्ले अफ खेलमा धनगढी एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो । धनगढीसँग पराजित भएपनि काठमाडौंले एलिमिनेटर खेल्दै फाइनल पुग्ने मौका पाएको को ।

दुइै टिम एक अर्कालाई पराजित गर्दै पहिलो संस्करणको फ्रेन्चाइज लिगको फाइनल पुग्ने मनोवलसहित मैदान उत्रनेछ । आजको खेल जित्ने टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी प्रतियोगिताको फाईनल भिडन्त जेठ १ हुनेछ । कोरोना महामारीका कारण बिना दर्शक बन्द रंगशालामा संचालित यस प्रतियोगिताको विजेताले ३५ लाख नेपाली रुपयाँ पुरस्कार पाउँनेछन् । भने प्रतियोगिताको उप विजेताले १५ लाखँ नगद प्राप्त गर्ने छ ।

लिगमा उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, गोलरक्षक, मिडफिल्डर र डिफेण्डरले जनही १–१ लाखँ रुपयाँ प्राप्त गर्ने छन् भने एक जना युवा खेलाडीलाई ईमर्जिङ खेलाडीको अवार्ड प्रदान गरिने छ । लिगको सर्वोत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :