रेस्लिङ्ग संघका सम्पूर्ण गतिविधि अनिश्चित समयका लागि स्थगित

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपाल रिङ्ग रेस्लिङ्ग संघको पूर्व निर्धारित सम्पूर्ण प्रतियोगिता, नियमित कार्यक्रम तथा तालिमहरु अनिश्चित समयका लागि स्थिगित भएको छ ।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित संघका पूर्व निर्धारित सम्पूर्ण गतिविधि केहि समयका लागि स्थगित गरिएको जानकारी जानकारी गराएको हो ।

‘नेपालमा कोरोनको दोश्रो लहर तीब्र रुपममा बढ्न थाले पछि सरकारले लकडाउन सुरु गरि सकेको अवस्था छ । फलस्वरूप हाम्रो पूर्व निर्धारित सम्पूर्ण प्रतियोगिता र नियमित कार्यक्रम, तालिम प्रभावितका छन्। “स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो” पहिले सबै जना सुरक्षित रहनु पर्छ भनेर उद्देश्यका साथ हामीले आफ्नो गतिबिधिहरु केहि समयका लागि स्थगित गरेका छौं । यो महामारी अहिले आगोसरी हाम्रो देशमा फैलिरहेको छ ।

यस्तो जटिल अवस्थामा स्वयंम् सुरक्षित रहदै र सावधानी अपनाउदै आ–आफ्नो स्थानबाट समस्यमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न रेस्लर, रेस्लिङ्ग प्रेमी लगायत सम्पूर्ण लाई नेपाल रिङ्ग रेस्लिङ्ग संघ हार्दिक अपिल गर्दछ ।’ संघद्वारा प्रकाशित विज्ञप्तिमा भनिकएको छ ।

यस्तै संघले कोरोना महामारीका कारण आफ्नो गतिबिधिहरु रोक्न परे पनि दर्शकहरु लाई मध्यनजर गर्दै रिङ्ग रेस्लिङ्गको युट्युब च्यानल सुरु गरेका जनाएको छ ।

यो लकडाउनको विसम परिस्थितिमा पनि दर्शकहरुले घरमै बसी नेपाली रेस्लिङ्ग को मज्जा लिन सकोस भन्ने उद्देश्यले बैशाख २४ गते २०२१ को मे ७ देखि युट्युब सुरु गरेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :