लोकतान्त्रिक खेलकुदद्वारा बैजनाथ प्रति श्रद्धान्जली अर्पण

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको अल्पायुमा भएको देहावसानमा समवेदना प्रकट गर्दै श्रद्धान्जी अर्पण गरेको छ ।

जनकपुर निवासी यादवको शनिबार राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् ।

‘स्व. यादवले लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक आन्दोलमा पुर्याएको अहम भूमिका, देशका लागि खेलकुद माध्यमबाट दिएको योगदान सदा स्मरणिय रहने छ । यस दुखद घडीमा स्वर्गिय यादव प्रति श्रद्धान्जली ब्यक्त गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना प्रकट गर्दछ ।’ संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै खेलकुद क्षेत्रका अन्य सम्मानित ब्यक्तित्वहरुको असामयिक निधन प्रति पनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्दछ । बिज्ञप्तीमा जनाईएको छ ।
यस्तै स्व. यादवले अगाडी बढाएका खेलकुदका अपुरा कार्यहरुलाई सम्पन्न गर्न नेपाल लोकतान्त्रिक खेलकुद संघ सदा अग्रसर रहने निर्णय संघले गरेको छ ।

यो पनि पढ्नुहोस् : मदन भण्डारी स्मृति दिवसको अवसरमा रक्तदान साथै स्वाथ्य सामग्री वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :