फरार भारतिय रेसलर सुशील कुमारमाथि १ लाखँ भारु पुरस्कार

हत्याको आरोपमा फरार बनेका भारतिय रेसलर सुशील कुमार र अजयविरूद्ध पुरस्कार घोषणा गरेको छ ।

दिल्ली पुलिसले दुबै रेसलरलाई पक्राउ गर्ने सहयोग गर्ने र उनको बारेमा पुलिसलाई जानकारी दिने ब्याक्तिलाई १ लाखँ भारतिय रुपयाँ दिने घोषणा गरेको छ ।

उनीहरुलाई छत्रसाल स्टेडियममा आफ्ना साथि सागर राणालाई मारेर फरार भएको अभियोग लागेको छ ।

सुशील र अजयविरुद्ध गैर जमानती वारेंन्ट पनि जारी गरिएको छ । उत्तर दिल्लीको छत्रसाल स्टेडियम परिसरमा सागर राणा नाम गरेका रेसलर लाई मारेका कारण दुई पटकका ओलम्पिक पदक विजेता सुशील कुमार उनका सनथिलाई पुलिसले खोजिरहेको छ ।

आफलाई निर्दोष बताएनी पुलिसबाट भागिरहेको आरोपमा उनिहरुविरुद्ध गैर–जमानती वारेन्ट जारी गरिएको हो ।

भारतय पुलिसका अनुसार सम्पत्तीको विवाद पछी झगडाशुरु भएको थियो । सुशीलले उनका साथिले सागर र उसका साथीहरू बस्ने घर खाली गर्न दबाब दिइरहेका थिए । यस कारण स्टेडियम भित्र रेसलिङ खेलाडीहरूको दुई समूह आपसमा झगडा भएको थियो ।

झगडामा परि २३ बर्षका सागरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् :फ्यानलाई कुङ्गफु किक प्रहार गर्ने फुटबलर हल अफ फेममा समावेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :