फ्यानलाई कुङ्गफु किक प्रहार गर्ने फुटबलर हल अफ फेममा समावेश

म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडीद्वय एरिक क्यान्टोना र रोए किन प्रिमियर लिगको हल अफ फेममा समावेश भएका छन् । क्यान्टोना र किन दुबैलाई मंगलबार प्रिमियर लिगको हल अफ फेममा राखिएको हो ।

यसअघिको महिनामा हल अफ फेममा एलन सियरर र थिएरी आन्रेलाई पहिलोपटक हल अफ फेममा समावेश गरिएको थियो ।

फ्रान्सका क्यान्टोनाले सन् १९९२ बाठ एलेक्स फर्गुसनको प्रशिक्षकत्वमा युनाइटेडबाट ५ सिजन खेल्दै चार पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।

हल अफ फेममा समावेश भएका ५४ वर्षिय क्यान्टोनाले भने,‘यो मेरो लागि गर्वको क्षण हो तर अचम्मित क्षण भने होइन ।’

क्यान्टोनोले १९९२ मा प्रिमियर लिगको पुरानो स्वरुप प्रथम डिभिजन एक पटक जिते भने प्रिमियर लिग भएपछि क्लबका लागि १५६ खेलमा ७० गोल गरेका थिए । उनले १९९७ मा फुटबलबाट सन्यास लिएका थिए ।

क्यान्टोना आफ्नो खेल जिवनको बखतमा कुङ्ग फु किकका कारण पनि निक्कै प्रख्यात बने । उनले १९९५ मा क्रिष्टल प्यालेसबिरुद्धको खेलमा फ्यानमाथि किक प्रहार गरेका कारण ९ महिनाको प्रतिबन्धमा समेत परेका थिए ।

यसबाहेक आयरल्याण्डका किन पनि म्यान्चेस्टर युनाइटेडका प्रभावशाली खेलाडीमा पर्दथे । उनले युनाइटेडबाट खेलेका १२ सिजनमा ७ पटक प्रिमियर लिगको उपाधि जिते । उनले २००५ मा क्लबसँगको सहमतिमा युनाइटेड त्यागेका थिए ।

हल अफ फेममा समावेश भएपछि केनले भने,‘ म भाग्यमानि छु किनकी मैले निक्कै उतक्ृष्ट खेलाडीहरुसँग खेल्न पाए । त्यसैको नतिजा स्वरुप म हल अफ फेममा छु ।’

क्यान्टोना र केन २३ जनामध्ये फुटबल समर्थक र प्रिमियर लिग प्यानलबाट प्राप्त सर्वाधिक मतको आधारमा हल अफ फेममा समावेश भएका हुन् ।

यो पनि पढ्नुहोस् : ब्याडमिन्टन छाँडेर क्रिकेट खेल्न थालेकी ज्योती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :