एएसबीसी एलिट बक्सिङ्गमा नेपाल सहभागि बन्ने सम्भावना न्युन

काठमाडौं । एशियाको सबै भन्दा ठूलो बक्सिङ्ग प्रतियोगिता एएसबीसी एलिट पुरुष तथा महिलाको बक्सि च्याम्पियनसिप २०२१ मा नेपालको सहभागिताको सम्भावना कोरना महामारीका करण न्युन बन्दै गएको छ ।

यस अघि डिल्लीमा आयोजना हुने भनिएको प्रतियोगिता भारतमा बढेको कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको छ ।

सो प्रतियोगितामा अब यहि मे २४ तारिख देखि ३१ तारिख सम्म संयुक्त अरब इमिरेट्सको दुबइ शहरमा हुने भएको छ ।

यस प्रतिथोगिताका लागि नेपाल बक्सिङ्ग संघले गत चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ तौल समुहमा खेलाडी छनोट गरि उत्कृष्ट ७ जना खेलाडी छनौट गरेको थियो ।

जसअन्तर्गत नेपालबाट महिला २ जना र पुरुष ५ जनाको सहभागी गराउने निर्यण अनुरुप विगत दुई महिना देखि लगातार प्रशिक्षणको व्यवस्था गरिएको थियो ।

अन्तिम तयारी स्वरुप सबै खेलाडीहरुको पि. सि. आर. परिक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखि हाल सम्म बन्द प्रशिक्षण संचालन गर्दै आइरहेको छ ।

तर, नेपालमा विद्यमान कोरोना भाईरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्युन बनेको छ ।

नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन नआएको संघले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद ,एशियन बक्सिङ्गको सर्वोच्च निकायमा समेत गराइसकेको संघले जनाएको छ ।

एएसबीसीले यसपटक प्रतियोगितामा पुरस्कार राशीमा समेत बृद्धि गरेको छ । पहिलो पटक प्रथम हुनेलाई १० हजार अमेरिकी डलर, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुने दुई जनालाई २५ सयका दरले अमेरिकी डलरु प्रदान गर्ने बताइएको छ ।

यस प्रतियोगितालाई नेपाली खेलाडीको व्यक्तिगत र्याङ्किङ्ग सुधारको लागि महत्वपूर्ण मानिएको थियो ।

यस्तै नेपाली बक्सिङ्गको प्राविधिक विकासका लागि विगत ४ वर्ष देखिको प्रयासबाट प्राप्त एआईबीए अन्तर्राष्ट्रिय प्रशिक्षणको दुई वटा कोटामा छनोट भएका नेपाली प्राविधिकहरु पनि तालिममा सहभागी हुने सम्भावना पनि कम भएको संघले विज्ञेप्तिमा उल्लेख गरेको छ ।

नेपालमा हाल सम्म पनि एआईबीए अन्तर्राष्ट्रिय प्राविधिक छैन । कुनै पनि बक्सिङ प्रतियोगिता संचालन गर्न को लागि एआईबीए अन्तर्राष्ट्रिय प्रशिक्षणको धेरै ठुलो भुमिका हुन्छ ।

सकभर संघले अन्तिम एआईबीए र भारत बक्सिंग संघ सँगको समन्वयमा उडानको लागि प्रयास गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :