भारतका पुर्व बक्सिङ्ग प्रशिक्षकको निधन

भारतको सर्वश्रेष्ठ नागरिक सम्मान द्रोणाचार्य पुरस्कार प्राप्त बक्सिङ्ग प्रशिक्षक ओपी भारद्वाजको निधन भएको छ ।

द्रोणाचार्य पुरस्कारबाट सम्मानीत हुने पहिलो ब्याक्ति समेत रहेका भारद्वाजको शुक्रबार दिर्घ रोगका कारण निधन भएको हो ।

उनको ८२ बर्षको उमेरमा निधन भएको हो । उनकी श्रीमती सन्तोषको १० दिन अघि निधन भएको थियो ।

भारद्वाजलाई १९८५ मा पहिलो पटक द्रोणाचार्य पुरस्कार उद्घोष हुँदा बालचन्द्र भास्कर भागवत (कुश्ती) र ओएम नाम्बार (एथलेटिक्स) सहित यो सर्वोच्च पुरस्कारबाट सम्मानित गरिएको थियो ।

भारद्वाज भारतका पुर्व बक्सर समेत हुन् ।

यो पनि पढ्नुहोस् : भारतलाई तीन दिनमात्र क्वारेन्टिन बस्न इङ्गल्याण्डको स्विकृति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :