पहिलो एकदिवसीयअघि २ जना श्रीलंकाली क्रिकेटरलाई कोरोना

श्रीलंकाका दुईजना क्रिकेटरमा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

बंगलादेश भ्रमणमा रहेको श्रीलंकाली क्रिेट टोलीको कोरोना परिक्षणबाट दुई जना खेलाडी र एक जना प्रशिक्षकमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

श्रीलंका क्रिकेट बोर्डका अनुसार आइतबार आएको परिक्षणको नतिजामा प्रशिक्षक चामिण्डा भास र खेलाडीद्वय इशुरु उडाना र शिरान फर्नान्डोलाई कोरोना पोजिटिभ पाइएको हो ।

उनीहरुको मंगलबार कोरोना परिक्षणका लागि नुमना संकलन गरिएको थियो । तर उनीहरुलमा अझैसम्म पनि कुनै कोरोनाको लक्ष्ण देखिएको छैन ।

बोर्डले कोरोना पोजिटिभ देखिएका तीनै जना आइसोलेसनमा बस्न शुरु गरेको जनाएको छ ।

बंगलादेशबिरुद्धको ३ खेलको एकदिवसीय सुपरलिगको रुपमा रहेको श्रृंखला भने निर्धारित तालिका अनुरुप नै अघि बढ्ने बताइएको छ ।

श्रृंखलाको तीनै एकदिवसीय खेल बंगलादेशको राजधानी ढाकामा हुने तालिका छ ।

यो पनि पढ्नुहोस् :  सन्दिप लामिछानेलाइ पीएसल क्लब लाहोर कलन्दर्सले टिममा राखेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :