हत्या अभियोगमा फरार ओलम्पिक स्वर्ण पदक विजेता सुशील पक्राउ

जुनियर रेस्लर सागर रानाको हत्या प्रकरणमा फरार ओलम्पिक स्वर्ण पदक विजेता रेसलर सुशील कुमारलाई दिल्ली पुलिसको विशेष सेलले पक्राउ गरेको छ ।

उनलाई दिल्लीको मुण्डका क्षेत्रबाट पक्राउ गरेको हो सुशीलसँगै उनका साथी अजयपनी पक्राउ भएका छन् ।

उनीहरू दुबै ४ मेमा सागर रानाको हत्या गरेर फरार भएका थिए । प्रहरीले सुशीलको बारेमा जनाकारी दिनेलाई एक लाख भारतिय रुपयाँ र अजय बारेमा जनाकारी दिनेलाई ५० हजार भारतिय रुपैयाँ दिने घोषणा गरेको थियो ।

विशेष सेलले अब यी दुईलाई रोहिणी अदालतमा पेश गर्नेछ । त्यस पछि सुशील र अजयलाई उत्तर पश्चिम जिल्ला प्रहरीको जिम्मा लगाइनेछ । विशेष कक्षको नेतृत्व इन्स्पेक्टर शिवकुमार, इन्स्पेक्टर करमबीर र एसीपी अतर सिंहले गरेका थिए । सुशीललाई आईपीसी धारा ६०२ (हत्या), ३६५ (अपहरण), १२०–बी (आपराधिक षडयन्त्र) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

यो पनि पढ्नुहोस् : जुत्ता किन्न पैशा नभएको भन्दै जिम्बाब्वेका क्रिकेटरले गरे सहयोगको बिन्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :