इङ्गल्याण्डका गोलकीपर निक पोपको घुँडाको शल्यक्रिया सम्पन्न

बर्नले र इङ्गल्याण्डका गोलकीपर निक पोपको घुँडाको शल्यक्रिया सम्पन्न भएको छ ।

घुँडाको चोटका कारण २०२० युरोकप गुमाएका पोपको शल्यक्रिया सम्पन्न भएको हो । प्रीमियर लिगका दैरान चोट बोकेका पोप चोटकै कारण युरोकपका लागी इङ्गल्याण्डको प्रारम्भिक ३३ मा अटाउन सकेका थिएनन् ।

बर्नलेका प्रशिक्षक शन डिचेले उनको चोटलाई “अविश्वसनीय दुर्भाग्यपूर्ण“ भनेका थिए ।

इङ्गल्याण्डका लागी ७ क्याप जितेका २९ बर्षय पोपले चोटका कारण हालै सम्पन्न प्रीमियर लिगका अन्तिम ३ खेल गुमाएका थिए ।

पोप यस टिक प्रीमियर लिगमा ११ खेलमा क्लिन सीट राख्न सफल भएका थिए ।

यो पनि पढ्नुहोस् : इङ्गल्याण्ड र न्युजील्याण्डबीच दोस्रो टेष्ट १८ हजार दर्शकसहित खेलिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :