अन्तर्राष्ट्रिय जुडो च्याम्पियन्सीपमा नेपालले सहभागिता नजनाउने

नेपाले अन्टर्राष्ट्रिय जुडो च्यम्पियन्सीप २०२१ मा सहभागिता नजनाउने भएको छ ।

कोरोना महामारीका कारण खेलाडीको तयारी राम्रो नभएको भन्दै प्रतियोगितामा सहभागिता जनाउन असक्षम भएको नेपाल जुडो संघले जनाएको छ ।
जुडो च्याम्पियन्सीप जुन ६ देखि १० सम्म हंगेरीमा आयोजना हुँदैछ ।

च्यम्पियन्सीपमा नेपालबाट इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्टले सहभागिता जनाउने तय भएको थियो ।

प्रतियोगिता नेपालका इन्द्रले ६६ केजी तौल समूहमा र सोनियाले ४८ केजी तौल समूहमा सहभागिता जनाउने तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :