कोरोनाविरुद्धको लडाईमा मण्डे काजीको सहयोग

काठमाडौं । डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका करातेका खेलाडी मण्डे काजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।


श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबा राष्ट्रिय खेलकुद परिषद ( राखेप ) मा स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
श्रेष्ठले जेएसएस टिमका प्रतिनिधि राम प्रजापति, कृष्ण राम झकिबन्जर र अनन्त बैध्यलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

श्रेष्ठले ह्याण्ड स्यानीटाइजर, मास्क र सडक तथा टोलमा कोरोना लगायत कुनै पनि संक्रमण फैलिन नदिनको लागि छरिने सडक स्प्रे लगायतको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

यस्तै उनले बिभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर अपलब्ध गरेउने र आवस्यकतामा रहेका सबैलाई सहज रुपले अक्सिजन आपुर्ती गर्ने बताबारण मिलाउन अर्को सहयोग कार्यक्रम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :