पूर्व बक्सिङ खेलाडी केसीको निधन

बक्सिङका पूर्व नेपाली खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन भएको छ ।

लामो समयदेखी कोरोना संक्रमणका काररण उपचाररत केसीको बिहीबार निधन भएको नेपाल बक्सिङ संघले एक विज्ञेप्ति मार्फत जानकारी गराएको हो ।

केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजत पदक जितेका थिए । यस्तै उनले भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक
जितेका थिए ।

कसी सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याएर पनि बक्सिङकै विकास र विस्तारमा सक्रिय रुपमा लाग्दै आएका थिए ।

‘उनको निधनले नेपाली बक्सिङलाई अपूरणीय क्षति पुगेको छ, उनले नेपाली बक्सिङको विकास र विस्तारमा योगदान सदा स्मरणीय रहनेछ, दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ जारी विज्ञेप्तिमा उल्लेखित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :