डोपिङ फेल भएका भारतिय रेसलरले ओलम्पिक गुमाउने

डोपिङ परिक्षणमा फेल भएपछी ओलम्पिकका लागी छनोट भईसकेका भारतका रेसलर सुमित मलिक ओलम्पिक गुमाउने भएका छन् ।

बुल्गेरियाको सहर सोफियामा आयोजित युनाइटेड वर्ल्ड रेसलिङ्ग ओलम्पिक क्वालिफायरको दौडान लिईएको डोपिङ नमुनाको रोपोर्टमा डोपिङ गरिएको पाईएको थियो ।

दिल्लीका रेसलर सुमितले सो प्रतियोगिताबाट १२५ केजी फ्रीस्टाइलका लागि ओलम्पिक टिकट पाएका थिए ।

मे ६ देखि ९ सम्म चलेको उक्त प्रतियोगिताको सेमीफाइनलमा भारतीय पहलवानले भेनेजुएलाका पहलवान जोस डानियल डियाजलाई ५–० ले पराजित गरेका थिए । चोटका कारण उनी फाइनलबाट पछि हटेका थिए । सुमितले क्वालिफायरमा रजत पदक जितेका थिए ।

सोफियामा, प्रत्येक वर्गबाट फाइनल पुग्ने पहलवानहरूले ओलम्पिक टिकट पाएका थिए । यस पटकको ओलम्पिक २३ जुलाईदेखि टोकियोमा आयोजना हुदै छ ।

यो पनि पढ्नुहोस् : सिंगापुर ग्रान्ड प्रिक्स फार्मूला १ रेस स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :