नेपालका पहिलो कुस्ती प्रशिक्षक बिद्या सागर पोखरेलको निधन

पूर्व बरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक बिद्या सागर पोखरेलको शुक्रबार विहान काठमाडौंमा निधन भएको छ । पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक ब्रिजेन्द्र हमालले जानकारी गराए ।

विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारीक श्रोतबाट जानकारी भएको छ ।

फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए ।

उनी उमेर हदका कारण परिषदबाट सेवा निबृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए । उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए ।

पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ बर्ष देखि कुस्ती संघको महासचिवका हैसियतले कार्य गर्दै आईरहेका थिए ।
२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।

यो पनि पढ्नुहोस् : एन्फा एकेडेमीका लागि उमेर समूहका ४२ जना खेलाडी छनोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :