ओलम्पिक १०० मीटर हर्डल्स च्याम्पियन ब्रायनामाथि ५ बर्षको प्रतिबन्ध

ओलम्पिक १०० मीटर हर्डल्स रेस च्याम्पियन ब्रायना म्याकनिललाई ५ बर्षको प्रतिबन्ध लगाइएको छ ।

एथलेटिक्स इन्टिग्रिटी इकाई अनुशासनात्मक न्यायाधिकरणले म्याकनेललाई ‘नतिजा व्यवस्थापन प्रक्रियामा टेम्परिङ’ गरेको अभियोगमा प्रतिबन्ध लगाएको हो ।

२९ बर्षीय अमेरिकन एथलिटले २०१६ रियो आलम्पिकमा १०० मीटर हडल रेसमा स्वर्ण जितेकी थिईन् । र २०१३ मा विश्व च्याम्पियासिप पनी जितेकी थिईन् ।

अमेरिकीले यस निर्णयविरूद्ध आर्बिट्रेशन कोर्ट फर स्पोर्ट (क्यास) मा अपील गरेको छ ।

यस समरमा आयोजना हुने टोकियो ओलम्पिक अघी क्यासले अमेरिकाको अपीलको सुनुवाइ गर्ने छ । र म्याकनिल अझै पनि २५ जुन सम्म अमेरिकी ओलम्पिक टीम ट्रायल समाप्त नभएसम्म प्रतिस्पर्धा गर्न सक्षम छन् ।

यो पनि पढ्नुहोस् : अजरेन्का फ्रेन्च ओपनको अन्तिम १६ मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :