इङ्गल्याण्डविरुद्धको सिमित ओभर सिरिजका लागी श्रीलंकाको टोलि घोषणा

श्रीलंका क्रिकेट बोर्डले इङ्गल्याण्डविरुद्धको सिमित ओभर सिरिजका लागी राष्ट्रिय टोलिको घोषणा गरेको छ ।

बोर्डले २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

लेप्ट आम स्पिनर प्रवीण जयविक्रम अलिराउन्डर धनञ्जया लखन, चारिथ असलान्का र इशान जयरात्ने लाई सिटममा सामेल गरेको छ ।

नुवान प्रदीप र अविष्का फर्नाण्डो टिममा फर्किएका छन् । दुबै जनाले अघिल्ला २ सिरिज चोटका कारण गुमाएका थिए ।

एशेन बन्डारा टिमबाट बाहिरिएका छन् ।

केन्द्रिय सम्झौतामा हस्ताक्षर नगरी इङ्गल्याण्ड भ्रमण गर्न लागेको श्रीलंकाले घरेलु टिमसँग ३ खेलको टी–२० र समान खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

दुई देशबिचको टी–२० सरिज जुन २३ सुरु हुने छ भने एकदिवसीय सिरिज जुन २९ बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :