राष्ट्रिय टीमका पारा तेक्वान्दो खेलाडीलाई नगदसहित खाद्यान्न सहयोग

काठमाडौं । नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ ।

(कोभिड-१९) दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुँदा पारा कमिटिले खेलाडीलाई सहयोग गरेको हो ।

कमिटिले दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई जनहि २ बोरा चामल, १ काटुन खाने तेल, नुन, ५ के.जी दाल र नगद रु ५ हजार घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरेको हो ।

खेलाडीहरुलाई खाद्यान्न पारा कमिटिका सदस्य रोशित उन्निथानबाट उपलब्ध गराइएको थियो भने पारा कमिटिका सदस्य रामचन्द्र श्रेष्ठ, हेमन्त भट्टराई, र राजन उप्रेतीबाट नगद रु ४ हजार सहयोगको लागि उपलब्ध गराएका थिए ।

उक्त सहयोग स्थालमा पारा कमिटिका सचिब एवं ओलम्पियन दिपक विष्ट, पारा प्रशिक्षक कविराज नेगी लामा र १३ औं सागमा दोहोरो स्वणर्धारी मण्डे काजीले खेलाडीहरुको घर घरमा गई सहयोग प्रदान गरेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :