भारतका पूर्व बक्सर डिन्को सिंहको निधन

भारतका पूर्व बक्सर र एशियन गेम्सका स्वर्ण पदक विजेता डिन्को सिंहको निधन भएको छ ।

उनको बिहीबार ४२ बर्षको उमेरमा निधन भएको हो । भारतका सर्वश्रेष्ठ बक्सरमध्यका एक डिन्कोलाई २०१७ मा कलेजोको क्यान्सर भएको पत्ता लागेको थियो ।

उनको जिवनिमा आधारित एक फिल्म पनी बनेको छ । अभिनेता शाहिद कपूर डिन्कोको भूमिकामा देखिएको उक्त फिल्म २०२२ मा रिलीज हुने छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, खेलकुद मन्त्री किरेन रिजिजु, मणिपुरका मुख्यमन्त्री वीरेन सिंह, मुक्केबाज मेरी कोम, विकास कृष्णन र विजेंद्र सिंहले उनको निधनमा श्रद्धांजलि अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :