फोटो फिचर: अष्ट्रेलियाविरुद्धको खेलका लागी नेपालको अन्तिम तयारी

कुवेत । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनौट अन्तर्गत समुह बी को दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार (आज) बलियो टिम अष्ट्रेलियाको सामना गर्दैछ ।

कुवेतको जावेर एल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयानुसार आज राती ९:४५ बजेबाट शुरु हुनेछ । गत सोमबार जोर्डनसँग भएको खेलमा पराजित भएसँगै विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्ने नेपालको सम्भावना सकिसकेको छ ।

नेपाल आजको खेल जित्दै एसियन कप छनौटको अघिल्लो चरणमा प्रवेश गर्ने आशासहित मैदानमा प्रवेश गर्नेछ । एसियन कप छनौटका हिसाबले नेपालका लागि अष्ट्रेलियाविरुद्धको आजको खेल निकैनै महत्त्वपूर्ण छ। तर, तुलनात्मकरुपमा आफूभन्दा बलियो टिम अष्ट्रेलियासँगको आजको खेल नेपालका लापग त्यति सहज भने पक्कै छैन ।

वरियताका आधारमा नेपालले अहिलेसम्म सामना गरेको सबै भन्दा ठूलो टोली अस्ट्रेलिया हो । अस्ट्रेलिया फिफा वरियतामा ४१ नम्बरमा रहेको छ । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

हेरौ नेपालको तयारी फोटोमा:

तस्विरः एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :