२०३२ समर ओलम्पिकका लागी ब्रिसबेनको दावेदारीता स्किृत

२०३२ समर ओलम्पिकका लागी अष्ट्रेलियाको ब्रिसबेन शहरको दावेदारीता आधिकारीक रुपमा स्किृत भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) कार्यसमितीको बैठकले ब्रिसबेनलाई दावेदारीताको सूचीमा समावेश गरेको हो । योसँगै २०३२ समर ओलम्पिकको आयोजकको स्किृती अन्तिम चरणमा पुगेको छ ।

ओलम्पिक आयोजना गर्ने ब्रिसबेन अष्ट्रेलियाको तेस्रो शहर हुने छ । यस अघि १९५६ मा मेलबर्न र २००० मा सिड्नीले सफलतापुर्वक ओलम्पिक आयोजना गरिसकेका छन् ।

२०१८ मा क्विन्सल्याण्डको प्रादेशिक राजधानी ब्रिसबेनमा कमनवेल्थ गेम्स आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :