ओलम्पिक पदक जित्ने पहिलो ईरानी महिला अलिजादेह शरणार्थीको रुपमा ओलम्पिक खेल्ने

ओलम्पिकमा पदक जित्ने पहिलो ईरनकी महिला एथलिट किमिया अलिजादेह शरणार्थीको रुपमा टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छन् ।

२०१६ रियो ओलम्पिकमा अलिजादेहले ईरानका लागी ओलम्पिकमा पदक जितेकी थिईन् । सो समय १८ बर्षकी अलिजादेहले ५७ किलोग्राम तेक्वान्दोमा इएरानलाई कांस्य पदक जिताउदै इतिहास रचेकी थिईन् ।

उनी ओलम्पिकमा पदक जित्ने आफ्नो इएरानकी पहिलो महिला बनेकी थिईन् । सो समय घर फर्कने क्रममा नायिकाका रूपमा सम्मानित उनलाई सुनामीको उपनाम दिइएको थियो ।

तर जनवरी २०२० राजनितिक कारण अलिजादेह देश त्याग्न बाध्य भईन् ।


उब उनी इरानको झण्डा मुनि नभई अन्तर्राष्ट्रिय ओलम्पिक कमेटी (आईओसी) को झण्डा मुनि खेलेर पहेलो स्वर्ण पदक जित्ने प्रयास गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :