अष्ट्रेलियाबिरुद्ध हारेपनि गार्खाली नेपालीले मन जित्न सफल खेलको तस्विरहरु (फोटो फिचर)

काठमाण्डौ । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ छनौट अन्तर्गत अष्ट्रेलियाबिरुद्धको खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार कुवेतस्थित जावेर अल एहमद अन्तराष्ट्रिय रंगशालामा सम्पन्न अष्ट्रेलियाबिरुद्ध दोश्रो चरणको खेलमा दश खेलाडीमा सिमित बनेको नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । यसअघि सन् २०१९ को अक्टोबरमा अष्ट्रेलियाको घरमा भएको खेलमा नेपाल ५–० गोल अन्तरले हार्न पुगेको थियो ।

आज अष्ट्रेलियासँगको खेल पश्चात भएको भर्चुअल पोष्ट म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक अल्मुताइरीले खेल हारेपनि खेलाडीले मन जितेको धारणा ब्यक्त गरे । उनले नेपाल १० खेलाडीमा सिमित भएपनि खेलअवधिभर देखाएको जुझारुपनले सन्तुष्ट बनाएको बताए ।

उनले भने,‘जे सुकै कारणले नेपाल १० खेलाडीमा सिमित भएपनि त्यसले गोर्खालीको पहिचान बनाएको नेपालीलाई कुनै असर परेन र खेलमा हामीले हाम्रो दम देखायौं । अष्ट्रेलिायलाई हामीले अन्तिम समयसम्म रोकेर राख्यौ ।‘

‘हामीले खेल हारेपनि खेलाडीको प्रदर्शनले मन जित्न सफल भएको छ । खेलाडीको प्रदर्शनले सन्तुष्ट छु ।’

पोष्ट म्याच कन्फरेन्सको दौरान अल्मुताइरी निक्कै प्रसन्न मुद्रामा देखिन्थे ।

जितसँगै अष्ट्रेलिया भने एक खेल अगावै फिफा विश्वकप र एशयिन कप छनौटको अर्काे चरणमा पुग्न सफल भएको छ ।

हारसँगै नेपालको सन् २०२३ मा हुने एशियन कपमा पुग्न प्ले अफको मौका भने जिवित नै छ ।

खेलको छैठौ मिनटमा कप्तान म्याथ्यु लेकिको हेडर गोलमा अष्ट्रेलियाले नेपालमाथि शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै खेलको ३८औं मिनटमा कप्तान म्याथ्यु लेकिको सुन्दर पासमा फ्रान कारासिसले वान टच गोल गर्दै पहिलो हाफअघि अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।

यसैबिचमा पहिलो हाफको अन्तिम मिनटमा अष्ट्रेलियाका मार्टिन बोएलमाथि फाउल गरेको आरोपमा रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरिदाँ नेपाल दश खेलाडीमा सिमित बन्न पुगेको थियो ।

यसपछि खेलको दोश्रो हाफको १२औं अर्थात ५७औै मिनटमा ज्याक्सन इर्भाइनको पासमा बोएलले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोल अन्तरको जित दिलाए ।

जितसँगै अष्ट्रेलिया एक खेल अगावै विश्वकप र एशियन कपको नजिक पुग्न सफल भएको छ । समूह बी को शिर्षमा रहेको अष्ट्रेलियाको सात खेलपछि २१ अंक छ ।

यस्तै हारसँग नेपालले सबै ८ खेलमा जम्मा ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । तर नेपाल सबै समूहका शिर्ष चारमा रहेकाहरुको उत्कृष्ट चारको दौडमा नरहेकोले नेपालको एशियन कपको खेल्ने सम्भावना प्ले अफमा निर्भर रहनेछ ।

यसअघि प्रतियोगिता अन्तर्गत यी दुइबिच सन् २०१९ मा भएकोे पहिलो खेलमा पनि नेपाल अष्ट्रेलियासँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

फिफा विश्व वरियतामा नेपाल अष्ट्रेलियाभन्दा १३० स्थान माथिको राष्ट्र हो ।

तस्विर सौजन्य : कुवेत एफए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :