एन्फाका पूर्व कार्यबाहक अध्यक्ष ललितकृष्णको छैटौं पुण्यतिथिमा श्रदान्जली सभा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यबाहक अध्यक्ष तथा थ्रीस्टार क्लबका अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको छैटौं पुण्यतिथिका दिन श्रदान्जली सभा भनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा शनिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरि शोक मनाएको हो ।

श्रदान्जली सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, थ्री स्टार क्लबका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुले एन्फा कम्प्लेक्स परिसरमा रहेको श्रेष्ठको प्रतिमामा फूलमाला माल्यार्पण गरि श्रदान्जली अर्पण गरे ।

एन्फाले श्रेष्ठको सम्झनामा हरेक वर्ष ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिप गर्दै समेत आयोजना गर्दै आईरहेको छ । उनको २०७२ सालमा भैँसेपाटिस्थिट आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :