श्रीलंकाविरुद्धको घरेलु टी–२० सिरिजका लागी इङ्गल्याण्डको टोलि घोषणा

श्रीलंकाविरुद्धको घरेलु टी–२० सिरिजका लागी इङ्गल्याण्डको टोलि घोषणा भएको छ । इङ्गल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईबीसी) ले शनिबार इयोन मोर्गनको कप्तानीमा १६ सदस्यीय टी २० आई टोलि घोषणा गरेको हो ।

इङ्गल्याण्ड टी २० आई टीममा अलराउन्डर क्रिस वोक्स र बाँया हातका फास्ट बलर डेभिड विले छनौट भएका छन् ।

एकदिवसीय टोलीका नियमित सदस्य रहेका वोक्सले अन्तिम पटक नोभेम्बर २०१५ मा पाकिस्तानविरुद्ध टी २० आई खेलेका थिए ।

यस्तै विलेले मे २०१९ पछि सब भन्दा छोटो प्रारूपको क्रिकेटमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छैनन् ।

यसैबीच बेन स्टोक्स, जोफ्रा आर्चर र रिसी टोपले टिमबाट बाहिर रहेका छन् । तिनै जनाले चोटका कारण टिममा स्थान नबनाएका हुन् ।

३ खेलको टी–२० सिरिजका लागी श्रीलंकाले यसै जुनमा इङ्गल्याण्ड भ्रमण गर्दै छ ।

श्रृंखलाका सुरुवाती दुई टी २० आईडी क्रमश २३ र २४ जुनमा कार्डिफमा खेलिने छन् । यस्तै साउथ्याम्प्टनमा खेलिने तेस्रो र अन्तिम खेल २६ जुनमा आयोजना गरिने छ ।

इङ्गल्याण्ड टीम
इयोन मोर्गन (कप्तान), मोइन अली, जोनाथन बेयरस्टो, साम बिलिङस, जोस बटलर, साम कुरान, टम कुरन, लियाम डासन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेविड मालन, आदिल रशीद, जेसन रोय, डेभिड विले क्रिस वोक्स र मार्क वुड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :