मोन्टी नोबल देखि संगकारा गरी १० जना महान क्रिकेटर आईसीसी हल अफ फेममा

पहिलो विश्व टेस्ट च्याम्पियनशिप फाइनल अघी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले १० जना महान क्रिकेटरहरुलाई खेलाडीहरूको विशेष सूची आईसीसी हल अफ फेममा समावेश गरेको छ ।

आईसीसी हल अफ फेममा समावेश हुने खेलाडीहरुमा १८९८ मा डेब्यू गरेका अष्ट्रेलियाका आलराउन्डर मोन्टी नोबल देखि २०१५ मा संन्यास लिएका श्रीलंकाका कुमार संगकारा रहेका छन् ।

आईसीसीले आईसीसी हल अफ फेममा समावेशहुने खेलाडीहरुलार्ए विश्व इतिहासको आघारमा ५ युगमा विभाजन गरेको छ ।

जस अन्तर्गत नोबल र औब्रे फाल्कनर पहिलो विश्वयुद्ध पूर्व अवधि (शुरुका युग) लिरी कन्स्टेन्टाइन र स्टान म्याक्याब दोस्रो विश्व युद्ध समय (अन्तर–युद्ध युग) विनू मानकड र टेड डेकस्टर १९४६ देखि १९७० (युद्धपछिको युग), बब विलिस र डेसमन्ड हेन्स १९७१ देखि १९९५ ((ओडीआई युग), र एन्डी फ्लावर र संगकारालाई १९९६ देखि २०१५ सम्म (आधुनिक युग) का खेलाडीहरु गरि आईसीसी हल अफ फेममा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :