जोकोविकले जिते फ्रेन्च ओपनको उपाधि

नोभाक जोकोविकले फ्रेन्च ओपनको उपाधि जितेका छन् । यो उनको यस सिजन लगतार दोश्रो ग्राण्ड स्लाम उपाधि जिते हो भने १९औं ग्राण्ड स्लाम उपाधि आफ्नो नाममा दर्ता गराएका हुन् ।

आइतबार राति सम्पन्न फ्रेन्च ओपनको फाइनलमा स्टेफानोस सिट्सिपासलाई हराउँदै जोकोविकले उपाधि जितेका हुन् । उनले सिट्सिपासलाई ६ -७ (६),२ -६,६ -३,६ -२ र ६ -४ को सेटमा हराएका हुन् ।

१७ वर्षपछि फ्रेन्च ओपनको फाइनलको टुङ्गो पाँचौ सेटमा पुगेर लागेको हो । यसअघि २००४ मा फिायल नडालले पाँचौ सेटमा जित निकाल्दै फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

१४औं पटक फ्रेन्च ओपनको उपाधि जित्ने दाउँमा रहेका नडाललाई नै हराउँदै जोकोविक फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए ।

यो जितसँगै जोकोविक पुरुषतर्फ सबैभन्दा बढी ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र नडालभन्दा अब जम्मा एक उपाधि पर रहेका छन् । फेडेरर र नडालको नाममा २० ग्राण्ड स्लामको उपाधि रहेको छ ।

यसबाहेक जोकोविक सन् १९६८ मा शुरु ,भएको ओपन इराको टेनिसमा सबै ठूला ४ मेजर टेनिस प्रतियोगिता दुईपटक जित्ने पहिलो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :