कार्डोनाको निर्णायक गोलमा कोलम्बियाको विजयी शुरुवात

कोलम्बियाले कोपा अमेरिका फुटबलमा विजयी शुरुवात गरेको छ ।

सोमबार बिहान एरिना पन्टनाल स्टेडियममा भएको खेलमा इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो ।

कोलम्बियाको जितका लागि एडविन कार्डोनाले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको ४२ औं मिनटमा गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवै टिमको तर्फबाट दाहोरो गोल हुन सकेन र एडविनको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

यस जितसँगै खेलमा महत्वपूर्ण ३ अंक जोडेको कोलम्बिया समूह ए को दोस्रो स्थानमा रहेको छ ।

यसअघि भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ३ अंकका साथ ब्राजिल समूह ए को शिर्ष स्थानमा रहेको छ ।

यता हारबाट प्रतियोगिताको शुरुवात गरेको इक्वेडर अंकविहिन रहँदै समूको चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :