प्रशिक्षक ह्वाट्मोरले केक ख्वाउँदै मनाए क्रिकेटर आशिफको जन्मदिन

स्पेन भ्रमणको क्रममा भएको पहिलो दिनको बन्द सत्रको क्रममा नेपाली राष्ट्रिय क्रिकेटरहरुले मोहमद आशिफ शेखको जन्मदिन मनाएका छन् ।

स्पेनमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै प्रशिक्षक डेभ ह्वाट्मोरले पहिलो दिनको बन्द प्रशिक्षण पश्चात होटलमा आशिफ शेखको २१औं जन्मदिन मनाएका हुन् ।

प्रशिक्षक ह्वाट्मोरको नेतृत्वमा मंगलबारबाट आशिफसँगै १९ जना खेलाडी स्पेन भ्रमणका लागि बन्द प्रशिक्षणमा छन् । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित श्रृंखला आगामी जुलाई २० तारिखबाट स्पेनमा हुने भएको हो ।

आशिफले यसै वर्ष बैशाखमा भएको नेपाल,नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृंखलाबाट नेपालको राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै आफ्नो शानदार प्रदर्शनका कारण नेपाली क्रिकेट समर्थकहरुको मन जित्न सफल भएका थिए ।

आशिफले लामो समयदेखि नेपाली टोलिमा देखिएको ओपनिङ्ग ब्याट्सम्यानको खडेरीलाई केही हदसम्म हटाउने लक्ष्ण देखाएका छन् ।

उनले आफ्नो पहिलो अन्तराष्ट्रिय एकदिवसीय श्रृंखलामा निक्कै दमदार उपस्थिती जनाए ।

आशिफले बलियो नेदरल्यान्ड्सविरुद्ध डेब्यू खेलमा ५४ रनको अर्धशतकिय पारी खेल्दै नटआउट रहेका थिए भने कुशलले ६२ रन जोडेका थिए । उक्त खेलमा कुशल र आशिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । यो नेपालका लागी कुनै पनी प्रारुपको क्रिकेटमा खेलाडीहरुले गरेको सर्वाधकि रनको साझेदारी हो ।

यस्तै मलेसियाविरुद्ध पनि यो जोडीले १ सय २ रनको शतकिय साझेदारी गर्यो । उक्त खेलमा आशिफ ४२ रनमा आउट भएका थिए भने कुशलले ६१ रनको नटआउट पारी खेलेका थिए । दुबै खेल नेपालले ९ विकेटले जितेको थियो ।

नेदरल्याण्डबिरुद्ध खेलेको श्रृंखलाको तेश्रो खेलमा भने आशिफले खाता खोल्न सकेनन् लिग चरणको अन्तिम खेलमा मलेसियाबिरुद्ध उनले ४२ रनको पारी खेले । फाईनलमा आशिफको ब्याटबाट १६ रन आयो ।

यो पनि पढ्नुहोस् : न्युजिल्याण्डमाथि भारतको झिनो अग्रता,भोलि रिजर्भ डेमा खेल हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :