सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने

जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२१ खेल्ने पक्का भएको छ । टोकियो ओलम्पिकका लागि उनले वाइल्ड कार्ड प्राप्त गरेसँगै उनले टोकियो ओलम्पिक खेल्ने भएकी हुन् ।

१३ औं दक्षिण एशियाली खेलकुद सागमा जुडो तर्फ कास्य पदक जितेकी भट्टले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

योसँगै नेपालका ५ एथलिटहरुले टोकियो ओलम्पिकमा सहभागिता जनाउने छन् ।

यस अघी एथ्लेटिक्सका गोपीचन्द्र पार्की, पौडीकी गौरिका सिंह र एलेक्स शाह ओलम्पिकका लागि छनोट भई सकेका थिए भने हालै सुटिङकी कल्पना परियारले पनी वाइल्ड कार्ड प्राप्त गरेकी थिईन् ।

कोरोना माहामरीका कारण १ बर्ष स्थगित टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट सम्म आयोजना हुने छ ।

यो पनि पढ्नुहोस् :रोनाल्डोले जर्सि उपहार दिदाँ सपना पूरा भयो : एम्बाप्पे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :