मुहम्मद अलिका नाति निकोले प्रोफेसनल बक्सिङ्गमा डेब्यु गर्दै

लिजेण्डरी बक्सिङ्ग खेलाडी मुहम्मद अलिका नाति निको अलि वाल्सले प्रोफेसनल बक्सिङ्गमा डेब्यु गर्ने भएका छन् ।

निकोले हजुरबुबा मुहम्मदको २७ वटा फाइटको प्रोमोसन गरेको एजेन्सीसँग डेब्युका लागि सम्झौता गरेका हुन् ।

२० वर्षिया निको आफ्नो बिजनेस स्टडिजको अन्तिम वर्षमा रहेकोले बेला प्रोफेसनल बक्सिङ्ग करियरको शुरुवात गर्न लागेका हुन् ।

उनले हजुरबुबाले शुरु गर्नु भएको कार्यलाई निरन्तरता दिन पाउँदा निकै खुशी र गर्व लागेको बताएका छन् । हजुरबुबाको जिम्मेवारी आफूले गम्भिरताका साथ अघि बढाउने निकोले बताए ।

मुहम्मद अलिले आफ्नो करियरमा तीन पटक विश्व हेभिवेट टाइटल जितेका छन् भने सन् १९९९ मा बिबिसिले प्रदान गर्ने शताब्दीको स्पोर्टस् पर्सनालिटीको अवार्डबाट विभुषित भएका थिए ।

बक्सिङ्गको महान खेलाड्रीको रुपमा परिचित अलिको सन् २०१६ मा निधन भएको थियो ।

निकोले सम्झौता गरेको कम्पनीका ८९ वर्षिय एजेन्ट बब अरुमले निको र उनका हजुरबुबा अलिको हस्ताक्षरसहितको ठूलो फोटो राखेका छन् । अरुमले चाँडै नै निकोको प्रचारप्रसारको कार्य शुरु हुने बताएका छन् ।

निकोले ३० वटा एमेचोर फाइट खेलिसकेका छन् ।

यो पनि पढ्नुहोस् :  महिला एशिया कप छनौटका लागि नेपालको तयारी कहिलेबाट?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :