गोपिचन्द्रमाथि भएको अन्यायप्रती खेलकुद संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले यहि जुलाई २३ बाट जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीप्रती भएको गैरजिम्मेवार कार्यप्रती विरोध जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ओलम्पिक आउन केही साता मात्र बाकी हुदा एथलेटिक्सका खेलाडी गोपिचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने जानकारी गराउदै उनको स्थानमा अर्का महिला खेलाडी सरस्वती चौधरीलाई पठाउने विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि ९आईओसी० ले ओलम्पिकको शुरु हुने केहि हप्ता मात्र बाँकि रहँदा अन्तिम समयमा आएर म्याराथनमा खेलाडी सहभागी गराउन नसक्ने जानकारी गराउँदै स्प्रिन्ट विधाका महिला खेलाडी सिफारिस गर्न अनुरोध गरेपछि पार्कीले ओलम्पिक गुमाउने निश्चित भएको हो ।

आईओसीले स्प्रिन्ट विधामा १ सय मिटर दौडमा सहभागि हुने महिला खेलाडीको नाम सिफारिस गर्न पत्र पठाएसँगै नेपाल ओलम्पिक कमिटि ९एनओसी० ले सरस्वती चौधरीको नाम सिफारिस गरेर पठाएको एनओसीले जनाएको छ ।

‘ओलम्पिक सुरु हुनुभन्दा २० दिन अघि मात्रै कोटा परिवर्तन भएको जानकारी पठाएको भन्ने व्यहोराको पत्रमा नेपाल एथलेटिक्स संघका अध्यक्ष, राखेप सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिका अध्यक्षको सामुहिक हस्ताक्षर सहितको विज्ञप्तीमा दिईएको स्पष्टिकरणले यस विषयलाई अझै शंकास्पद र गैह्र जिम्मेवार कार्य भएको भन्ने पुष्टि गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘आफ्नो गल्ती र कमीकमजोरीका कारण यदि कुनै खेलाडीको भविष्यमाथि खेलवाड गरिएको हो भने यो क्षमदायी हुने विषय पक्का होईन । तर्सथ यस विषयमा कहाँ कुन प्रकारको प्रयास कहिलेबाट भएको थियो भन्ने विषयमा स्पष्ट जानकारी खेलाडी, खेलकर्मी र समग्र राष्ट्रलाई जानकारी गराउनुपर्दछ ।’ संघका सचिव मनिष जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :