तेक्वान्दोका अशोकलाई स्वर्ण

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६।५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।

अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता जुन ३० तारिखमा भएको थियो । नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी गराए।

प्रतियोगितामा विभिन्न १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।

यो पनि पढ्नुहोस् : बक्सिङ छनोट सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :