युरोकपको फाइनलमा पेनाल्टी चुकाएका तीन इङ्गलिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

इंग्ल्याण्ड फुटबल संघले युरोकप २०२० को फाइनलमा जेनाल्टीमा गोल गर्न चुकेका आफ्ना तीन खेलाडीलाई सामाजिक संजालमार्फत भएको रंगभेदी दुव्र्यवहारको विरोध गरेको छ ।

आइतबार राती सम्पन्न १६ औं संस्करणको युरोकपको फाइनल पेनाल्टीमा गोल गर्न चुकेका इंग्ल्याण्डका मार्कुस रासफोर्ड, जाडोन साञ्चोको र बुकायो साकोलाई लक्षित गरि सामाजिक संजालमार्फत भएको दुव्र्यहारप्रति इंग्ल्याण्ड फुटबल संघले विरोध जनाएको हो ।

सो खेलमा घरेलु टोली इंग्ल्याण्ड पेनाल्टी सुटआउटमा इटालिसँग ३)२ गोल अन्तरले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डका मार्कुस, साञ्चो र बुकायोले स्पष्ट किकहरु गुमाएका थिए ।

‘इंग्ल्याण्ड फुटबलको परिचायक निकाए एफएले सबै प्रकारका भेदभावमा प्रतिबन्ध लगाएको छ, तर पछिल्लो समय सामाजिक संजालमार्फत इङ्गलिस खेलाडीहरुप्रति रंगभेद लगायतको विभेदपूर्ण व्यवहार गर्ने कार्य बढ्दै आएको छ यस प्रकारको विभेदबाट आज हाम्रा केही खेलाडीहरू समेत पिडित बनेको छ ।’ इंग्ल्याण्ड फुटबल संघद्वारा खेल पश्चात् जारि विज्ञप्तिमा भनिएको छ।

‘हामी यो दुव्र्यवहारमा संलग्न जो कोहि व्यक्तिलाई कारबाहीको माग सम्बन्धीत निकायसँग गर्दै प्रभावित भएका खेलाडीहरुलाई सहयोग गर्ने छौं ।’

यस्तै इंग्ल्याण्ड फुटबल टिमले पनि एक बयान जारी गर्दै सामाजिक संजालमार्फत आफ्नो खेलाडीप्रति गरिएको दुव्र्यवहारको विरोध जनाएको छ ।

‘हामी निराश छौं कि हाम्रा टोलीका केहि खेलाडीले यस गर्मीमा शर्टको लागि सक्दो प्रयास गर्दा गर्दै पनि गोल गर्न सकेनन् र उनीहरु भेदभावपूर्ण दुरुपयोगको सिकार भएका छन् ।’ टिममार्फत जारि बयानमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :