आयुष घलानले थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर आयुष घलानले थ्री स्टार क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

आयुष पहिलो पटक शिर्ष डिभिजनको लिग खेल्ने गरि थ्री स्टार क्लबमा अनुबन्धित भएका हुन् ।

आयुष र क्लबबीच दुई वर्षको लागि सम्झौता भएको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

आयुषले फिफा विश्वपक छनौट अन्तर्गत गत जेठमा भएको अष्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

यसअघि आयुषले अघिल्लो सिजनमा सातदोबाटो युथ क्लवबाट बी डिभिजन लिग खेलेका थिए ।

सोहि जिसनबाट सातदोबाटो ए डिभिजन लिग क्लबमा बढुवा भएको थियो ।

यस्तै आयुषले पहिलो संस्करणको नेपाल सुपर लिग भने पोखरा थन्डर्सबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :