नेपालले सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने

काठमाडौं । नेपालले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजाना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।

एभिसीले शुक्रबार सार्वजनिक गरेका समूह तालिकाको ८ राष्ट्रको नाममा नेपालको नाम समावेश नभएसँगै पहिलो पटक प्रतियोगितामा सहभागी हुने तयारी गरिरहेको नेपाली टिमले अब सहभागी हुन नपाउने भएको हो ।

एभिसीले प्रतियोगितामा सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ । जसअन्तर्गत समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् ।

यस्तै समूह बी मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

प्रतियोगिताको तयारी गर्दा शुरुमा १७ राष्ट्रले सहभागिता जनाउने भनिए पनिपछि ५ राष्ट्रले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि १२ राष्ट्रले प्रतियोगिता खेल्ने निश्चि भएको थियो ।

तर,एभिसीले सार्वनिक गरेको तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम समावेश छैन । कोरोना महामारीका कारण नेपालसहित यि राष्ट्रहरुले प्रतियोगिताबाट नाम फिर्ता लिइएको बुझिएको छ ।

अब पहिलो पटक एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने तयारीमा जुटेको नेपाली राष्ट्रिय महिला मलिबल टिम यो पटकको अवसरबाट बञ्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :