प्रशिक्षणमा रहेका भलिबल खेलाडीहरु रिलिज

नेपाल भलिबल संघ (एनभिए) ले महिला भलिबल खेलाडीहरुको प्रशिक्षण बन्द गरेको छ ।

नेपालले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ बाट फिलिपिन्समा आयोजाना हुने एभिए सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पछी एभिसीले प्रशिक्षण बन्द राक्दै खेलाडीहरुलाई रिलिज गरेको हो ।

एभिसीले शुक्रबार सार्वजनिक गरेका समूह तालिकाको ८ राष्ट्रको नाममा नेपालको नाम समावेश नभएसँगै प्रतियोगिताबाट बञ्चित भएको नेपालले आज खेलाडीहरुलाई घर पठाएको हो ।

एभिसीले प्रतियोगितामा सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ । जसअन्तर्गत समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् ।

यस्तै समूह बी मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

प्रतियोगिताको तयारी गर्दा शुरुमा १७ राष्ट्रले सहभागिता जनाउने भनिए पनिपछि ५ राष्ट्रले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि १२ राष्ट्रले प्रतियोगिता खेल्ने निश्चि भएको थियो ।

तर,एभिसीले सार्वनिक गरेको तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम समावेश गरिएको थिएन । कोरोना महामारीका कारण नेपालसहित यि राष्ट्रहरुले प्रतियोगिताबाट नाम फिर्ता लिइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :