अमेरिकाकी टेनिस स्टार कोको गोफ कोरोना संक्रमित, ओलम्पिक गुमाउने

अमेरिकाकी युवा टेनिस स्टार कोको गोफ कोरोना संक्रमित भएकी छन् ।

कोरोना संक्रमित भए पछी गोफले जुलाई २३ बाट सुरु हुने टोक्यो ओलम्पिक गुमाउने भएकी छन् ।

गोफले ट्विट गर्दै आफु कोरोना संक्रमित भएको र ओलम्पिक गुमाउने बताएकी हुन् ।

फ्रेन्च ओपन क्वार्टर फाइनल र विम्बलडनको चौथो चरणमा प्रवेश गरेकी १९ बर्षीय गोफले यस वर्षको डब्ल्यूटीए वरियतामा लामो छलाङ लगाएकी थिईन् ।
गोफ ओलम्पिकमा महिला एकल र निकोल मेलिचरसँग मिलेर महिला युगलमा प्रतिस्पर्धा गर्ने तयारीमा थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :