वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाको सानदार जित

वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय सिरीजमा अष्ट्रेलियाले सानदार जित हासिल गरेको छ ।

बुधबार बिहन सम्पन्न खेलमा अष्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजलालाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २६ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय इनिङ्स खेलद हेडन वाल्सले २० रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट तथा जोश हाजलउडले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

अष्ट्रेलियाका कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा एस्टन टुर्नरले ४९ रन, जोस फिलिप्सले ३९ रन, बेनले २८ तथा मिचेल मार्सले २० रन जोडे।

यता वेस्ट इन्डिजका हेडन वाल्सले ५ विकेट तथा अकिल हुसेन र अल्जारी जोशेफले २-२ विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरीजमा १-० को अग्रता लिएको छ । दुई टिमबीचको दोस्रो सिरीज श्क्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :